राजसंस्थाको पक्षमा देशभर प्रदर्शन , राजा आवश्यक भएकै हो त ?
काठमाडौं , मंसिर १६ । यतिबेला राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै राजधानी काठमाडौं लगायत देशभर प्रदर्शन भइरहेको छ । देशका मुख्य शहरहरूमा हिन्दु राज्य र राज संस्थाको पक्षमा नारा लागिरहेको छ । कतै राप्रपा समर्थकहरूले प्रदर्शन गरिरहेका छन् त कतै राजावादी संस्थाहरूले स्वस्फूर्त रुपमा आन्दोलन गरिरहेका छन् ।
सोमबार राष्ट्रिय शक्ति नेपालको उपत्यका आन्दोलन परिचालन समितिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्यो । यस अगाडि विभिन्न संस्थाहरूले बुटवल, पोखरा, जनकपुर, नेपालगञ्चमा, धनगढी र विराटनगरमा प्रदर्शन गरेका छन् । २०६२/६३ सालको जनआन्दोलनको झल्को दिनेगरी सडकमा राजाको पक्षमा जनसागर उर्लिरहेको छ ।
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ, हिन्दू राज्य कायम गर लगायतका नारा लगाएर जनता आन्दोलिन बनिरहेका छन् । २० गते झापामा प्रदर्शन हुँदै छ । राजतन्त्रको विधिवत अन्त्य भएको १२ वर्षपछि जनताले फेरी पुरानै सत्ताको पक्षमा नारा लगाउनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।
नेपालमा जनताले प्रत्येक दश वर्षमा परिवर्तनका लागि सडक तताउने गरेको इतिहास छ । वर्तमान शासनसत्ताले जनतामा वितिष्णा बाहेक अरु कुनै काम गर्न नसकेको भन्दै जनता रुष्ट छन् ।देशमा भ्रष्टार मौलाउँदो छ । नेपाल एसियामै प्रष्टाचार हुने मुलुकको पहिलो सूचिमा छ ।
यही बिचमा सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।यता संघ संस्थाहरुको ब्यानरमा भएको प्रदर्शनमा जनताको सहभागिता बढ्दै गएपछि राप्रपाले पनि सडकमा आउने तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङदेनले अब देशव्यापी रुपमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा आउन लागेको जानकारी दिए ।
यसरी आन्दोल हुनु नै जनताको मागको रुपमा बुझन सकिन्छ । गणतन्त्र असफल भइसकेकाले राजा र हिन्दू राज्य जनताको माग भएको कतिपयएको बुझाइ छ ।पछिल्लो समय राजावादी समूहले आगामी दिनमा समेत काठमाडौंमा प्रदर्शन गर्ने गरी कार्यक्रम तय गरेका छन् । देशका विभिन्न ठाउँमा राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शन भइरहेको छ । राजावादीहरुले प्रदर्शन गरिरहँदा राजा ज्ञानेन्द्र भने मौन छन् ।
अहिले नेताहरूले काम गर्न नसकेपछि जनता सचेत बने र फेरी राजा र हिन्दू राज्यको पक्षमा सडकमा आउँदैछन् । अहिले जनता स्वस्फूर्त रुपमा सडकमा आएर राजा र हिन्दू राज्यको पक्षमा नारा लगाइरहेका छन् । सुरुमै पनि जनताले राजा र हिन्दू राज्यको विरोध गरेका थिएनन् ।
जनताले निरंकुस राजा नभइ संवैधानिक राजसंस्था चाहिने कुरा गरेका थिए ।संविधान सभाको पहिलो बैठकले २०६४ मा राजतन्त्रको अन्त्यको घोषणा गर्दै विधिवतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको घोषणा गरेको थियो ।
त्यहीबेलादेखि असन्तुष्ट राजतन्त्रवादीहरुले राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै आइरहेका छन् । अहिले १२ वर्ष बितिसक्दा पनि राजतन्त्र र हिन्दु राष्ट्रको माग राख्ने क्रम रोकिएको छैन ।
यसैबीच नेपालमा पछिल्लो समयमा दुई छिमेकी मुलुक भारत र चीनबाट उच्च स्तरमा भएका निरन्तर भ्रमण, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र बढ्दो द्वन्द्व र वर्तमान सरकारले सुशासन कायम राख्न नसकेको भनी तीव्र आलोचना भइरहेको सन्दर्भमा राजावादीहरुले प्रदर्शन अगाडि बढाएका छन् ।












प्रतिक्रिया दिनुहोस्