बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक , प्रधानमन्त्रीलाई जवाफ दिने प्रचण्डको तयारी

काठमाडौं , मंसिर १६ । सत्तारूढ नेकपाको सचिवालय बैठक बालुवाटामा सुरू भएको छ । केहिबेर अघिमात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको हो ।

यसअघि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने भनिएको थियो । प्रधानमन्त्रीले आफ्नो सुरक्षाको कारण देखाउँदै पार्टी कार्यालय जान नमानेपछि बैठक बालुवाटारमा बसेको हो ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ । साथै अध्यक्षद्वयबीचका तिक्तता र विवाद अन्त्यका लागि पनि निष्कर्ष निकाल्ने सदस्यहरूको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्