नेकपा सचिवालय बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं , मंसिर १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक मंगलबार दिउँसो बस्दैछ । शनिबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आजको बैठकमा छलफल गर्ने कार्यसूची रहेको छ ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
मंसिर १३ गते शनिबार बसेको सचिवालय बैठकमा कात्तिक २८ गते प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले ३८ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए ।
पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको आजको सचिवालय बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारमाथि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्