प्रधानमन्त्री ओलीसँग चिनियाँ रक्षामन्त्री वेईको बालुवाटारमा भेटवार्ता
काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ ।
आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । सो भेटका अवसरमा नेपाल र चीनबीचको आपसी सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको बताइएको छ। ।
प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।
आइतबार बिहान काठमाडौं आइपुगेका उत्तरी छिमेकी चीनियाँ नेताले केहि बेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी आजै यहाँबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।












प्रतिक्रिया दिनुहोस्