काठमाडौं उपत्यकामा थपिए ५ सय ४८ कोरोना संक्रमित

काठमाडौँ , मंसिर १४ । उपत्यकामा ५ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ५ सय ४८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो । संक्रमित हुनेमा २ सय ४४ महिला र ३ सय ४ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ४२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका हुन् । २४ घण्टामा ८ हजार ८ पीसीआर परीक्षण भएका छन् ।२४ घण्टाको अद्यावधिक विवरणअनुसार शनिबार ६ सय ४५ संक्रमित थपिएका थिए ।

देशभर भने पछिल्लो २४ घण्टामा १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १४ सय ४ जना कोरोनामुक्त र २५ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्