दुई अध्यक्ष मिलेर मात्र समस्या हल हुँदैन : नेता नेपाल
काठमाडौं , मंसिर १४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अब दुई अध्यक्ष मिलेर मात्र समस्या हल नहुने बताएका छन् ।
शनिबारको सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) मिल्नुपर्ने भनी महासचिव विष्णुप्रसाद पौडेलले राखेको प्रस्तावको जवाफमा नेता नेपालले भने ‘एकता जोगाउनेबारे कार्यकर्तामा चिन्ता छ, तर समस्या हल गर्न दुई अध्यक्ष मिलेर मात्रै हुँदैन ।’ दुई अध्यक्ष मिलेपछि भइगयो भन्ने बुझाइकै कारण पार्टीभित्र समस्या बढ्दै गएको उनले बताए । उनले अहिलेको समस्यालाई दुई अध्यक्षबीचको मात्रै भनेर नबुझ्न समेत आग्रह गरेका छन् ।
शनिबार पनि नेपालले अहिले देखिएको समस्या दुई अध्यक्षको मात्रै नभएर पार्टीकै भएको बताएका थिए ।
प्रधानमन्त्रीकै कारण पार्टीमा संकट आएको नेता नेपालले बताए ।
नेता नेपालले पार्टीभित्र आफूले नोट अफ डिसेन्ट लेखेको र बहुमतले निर्णय लिएको बिर्सन नमिल्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्