काठमाडौं जेसीजको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत
काठमाडौं, १४ मंसिर । काठमाडौं जेसीजको अध्यक्षमा कैलाश श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार सम्पन निर्वाचबाट बर्ष २०२१ का लागि जेसी कैलाश श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् । कुलेश्वर स्थित स्टार फुड ल्याण्डमा भएको शाखाको ३८ औं अधिवेशन तथा ५० औं साधारणसभाले सर्वसम्मत रुपमा अध्यक्ष श्रेष्ठसहित पदाधिकारीहरु चयन गरेको हो ।अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा जेसी रामराजा ओझा, जेसी श्यामकुमार घिमिरे, जेसी रामेश्वर सिंखडा, महासचिवमा जेसी निरोज खतिवडा , कोषाध्यक्षमा जेसी रफी भण्डारी, सह कोषाध्यक्षमा जेसी ध्रुव तिवारी र सहसचिवमा जेसी हरिहर खड्कालाई चयन गरेको छ ।
सदस्यहरुमा जेसी बिनोद तिमिल्सिना, जेसी समिप खनाल, जेसी पुरुषोत्तम पौडेल, जेसी गोविन्द ओझा, जेसी प्रचण्ड भूर्तेल र जेसी नकुल अर्याल निर्वाचित एवं मनोनीत भएका छन् । निर्वाचनमा सिनेटर दिपक भण्डारीले निर्वाचन अधिकृतको रुपमा काम गरेका थिए । काठमाडौं जेसीज नेपाल जेसीजकै पुरानो शाखा हो । यस मानेमा यसको साँख प्रतिष्ठित शाखाको रुपमा रहेको छ















प्रतिक्रिया दिनुहोस्