चिनियाँ रक्षामन्त्री फेङ्हे काठमाौंमा, यस्ता छन् कार्यक्रम
काठमाडौं, १४ मंसिर । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।
करिब १२ केही घण्टाका लागि काठमाडौं आएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् ।
भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई राजनीतिक रुपमामा अर्थपूर्णरुपमा मानिएको छ ।
विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि उनी औपचारिक भेटवार्ताका लागि निस्किने छन् ।
सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन् ।
सबैभन्दा पहिले जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल गर्ने कार्यक्रम छ ।
त्यसपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने कार्यक्रम तय भएको छ ।
जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।
राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।
वेइ त्रिभुवन विमानस्थलमा उत्रिएपछि सिधै बालुवाटारस्थित चिनियाँ दूतावास पुगेका छन् । उनी त्यहाँको कार्यक्रममा सहभागी भएपछि सैनिक मुख्यालयमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन् । सेनापतिसँग भेटेर चिनियाँ रक्षामन्त्रीले भेटको कार्यक्रम शुरु गर्नेछन् ।




प्रतिक्रिया दिनुहोस्