काठमाडौं उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित
काठमाडौं, मंसिर १३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।















प्रतिक्रिया दिनुहोस्