नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक १६ गते

काठमाडौं, मंसिर १३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको छ।

मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरी आजको सचिवालय बैठक सकिएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रस्ताव प्रस्तुत गरेका थिए।सचिवालयको अर्को बैठक १६ गते १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्