काठमाडौंको आजको तापक्रम ४. ५ डिग्री सेल्सियस

काठमाडौं , मंसिर १३ । काठमाडौंमा आज यो वर्षकै बढी चिसो मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको हो ।

विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । केही दिनयता पश्चिमी वायुको प्रभावले बदली रहेको मौसम रातिदेखि सफा भएसँगै तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए ।

“राति मौसम सफा भए बिहानको तापक्रम घट्छ, राति बादल लागे बिहानको तापक्रम बढ्छ”, मौसमविद् पौडेलले भने । तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । अबको केही दिन देशभरको मौसम सफा भई घाम लाग्ने बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४।५ डिग्री र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २।५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्