गणतन्त्रको भात पाक्न ढिलो भो भन्दै राजतन्त्रको गोबर नखाउँ : बाबुराम भट्टराई
काठमाडौं, मंसिर १३ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर खोज्न नहुने बताएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसोलाई बिर्सन नहुने बताएका छन् ।
रिसको झोकमा आधा भरिएको गिलास घोप्ट्याएर पुरै गिलास खाली गराउन खोज्नु राम्रो संकेत नभएको बताएका छन् । उनले अगाडिको स्यालसँग लड्डा पछाडि झ्याङमा लुकेको ब्यासोलाई बिर्सन नहुने भन्दै दुवैसँग लडेर अघि बढ्न सुझाव दिएका छन् ।
बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा देशभर प्रदर्शन भएपछि डा। बाबुराम भट्टराईको यस्तो टुइट आएको हो । भट्टराईले अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भर्न युवाहरुलाई सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्