रूकुमपश्चिममा जन्ती बोकेको जीप दुर्घटना , ४ जनाको घटनास्थलमै मृत्यु
काठमाडौं, मंसिर १३ । रूकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी साढे ८ बजेतिर आठबीसकोट नगरपालिका–७, दाजेमा रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा वडा नं। ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख, डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।आठबीसकोट नगरपालिका वडा नं। ८ को दाजेबाट १०र१२ जना जन्ती बोकेर वडा नं। १० को घारीखोला फर्किरहेको जीप दुर्घटना भएको हो ।
जीप चालक डिल्लीबहादुर नेपाली फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्