प्रधानमन्त्री ओली- विदेश सचिव हर्षवर्द्धन भेट : चिसिएको नेपाल-भारत सम्बन्ध बन्ला त सुमधुर ?

काठमाडौं , मंसिर १२ । लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नयाँ नक्सा जारी भएयता नेपाल र भारतबीचको सम्बन्ध चिसिएकै बेला भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंग्ला बिहीबार दुई दिने भ्रमणका लागि काठमाडौं ओर्लीए ।नेपाल र भारतबीचको सम्बन्ध चिसिए त्यस यता नेपाल(भारतबीच सम्वाद हिनताकै अवस्थामै रह्यो । यही बेला श्रृंग्ला नेपाल भ्रमणमा आए र यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

श्रृंग्लाले बिहीबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे । भेटका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालसँगको सम्बन्ध शीघ्र सुमधुर बनाउन चाहेको सन्देश बोकेर आएको बताए ।

भारतले नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको छ । केही समययता चिसिएको सम्बन्ध चाँडोभन्दा चाँडो सुमधुर हुन सकोस् भन्ने म चाहन्छु । त्यसका लागि वार्ता गर्न भारत सदा तयार छ । त्यही सन्देश पुर्‍याइदिनुहोस् भनेर प्रधानमन्त्री ९मोदी० ज्यूले भन्नुभएको छ,’ ओलीसँगको भेटमा श्रृंग्लाले भने ।

शृंगलाले दुई देशको सम्वन्धका विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग विस्तृत र सौहार्दपूर्ण कुराकानी छलफल भएको बताएका थिए । उनले सधै भारत वार्ता र छलफलका माध्यमबाट नेपालसँगको सम्वन्ध सुमधुर बनाउने पक्षमा रहेको बताएका थिए ।

समकक्षी मोदीलाई प्रत्युत्तर सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आफूहरू पनि सधै सम्वादकै माध्यमबाट भारतसँगको सम्वन्ध सुमधुर बनाउने पक्षमा रहेको बताएका थिए । सीमालगायत समस्या समाधान संवादका माध्यमबाट मात्र सम्भव भएकाले त्यसका लागि दुबै देश तयार हुनुपर्ने उनको धारणा थियो ।

प्रतिउत्तरमा श्रृंखलाले सीमालगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्ण रूपमा समस्या समाधान गर्नुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताएका थिए ।

सीमा विवादका कारण झन्डै एक वर्षदेखि नेपाल(भारतबीच सम्बाद हुन सकेको थिएन । बिहीबारबाट सम्वादको बाटो खुलेको छ । परराष्ट्र सचिवस्तरमा भएको बैठकले लामो समयदेखि नेपाल–भारतबीच रहेको तिक्ततालाई थोरै भए पनि कम भएको संकेत गरेको छ । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा सार्वजनिक गरेपछि नेपालले उक्त कदमको विरोध गरेको थियो ।

बिहीबार भएको सचिव स्तरिय बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव भरतराज पौडेल र भारतका तर्फबाट विदेशसचिव हर्षवर्धन शृंगलालेनेतृत्व गरेका थिए । तर, बैठकमा नेपाल(भारतबीच देखिएका सीमा विवादबारे भने कुनै कुरा भएन । यता नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला र नेपाली समकक्षी भरतराज पौड्यालबीच बिहीबार सम्पन्न बैठकमा आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति भएको छ।

परराष्ट्रसचिव पौडेलले भारतीय विदेशसचिव शृंगलासँगको अनौपचारिक छलफलमा कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत सीमा विवादको समाधान खोज्न दुवै मुलुक अग्रसर हुनुपर्ने प्रस्ताव राखेका थिए । विदेशसचिव शृंगलाले वार्ताका माध्यमबाट सबै खाले विवाद समाधान गर्न भारत तयार रहेको प्रत्युत्तर दिएको स्रोतले बताएको छ ।

सचिवस्तरीय बैठकपछि विदेशसचिव शृंगलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । उनले प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन् ।

कांग्रेससँगको भेटमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी थिए ।श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न विहीबार साँझ सभापति देउवा निवासमा पुगेका थिए । करिब आधा घण्टा चलेको भेटवार्ता औपचारिकतामा सीमित भएको थियो ।

श्रृंगला शुक्रबार गोरखा र मनाङका कार्यक्रममा सहभागी भएर स्वदेश फर्किंदैछन् । यसैबीच सीमा विवाद समाधानका लागि नेपालले पटकपटक विदेश सचिवस्तरीय बैठकका लागि आग्रह गरे पनि भारतले बेवास्ता गर्दै आएको थियो।

भारतले कोरोना महामारीको कारण देखाउँदै नेपालले प्रस्ताव गरेको मितिमा छलफलका लागि अनिच्छा देखाउँदै आएको थियो। तर पछिल्लो पटक करिब एक महिनाको अवधिमा भारतबाट एकपछि अर्को गर्दैै महŒवपूर्ण भ्रमण भइरहेका छन्। यसअघि कात्तिकमा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल र सेना प्रमुख मनोज मुकुन्द नरवाणेले नेपाल भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्