उपत्यकामा थपिए ७ सय ८५ जना कोरोना संक्रमित, यस्तो छ अहिलेसम्मको अवस्था
काठमाडौँ , मंसिर ११ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३३७ महिला र ४४८ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ जना नयाँ संक्रमित थपिएका हुन् ।मन्त्रालयका अनुसार अहिले काठमाडौँमा ७ हजार ६४४ सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा ५८९ र ललितपुरमा १४ सय ९४ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लाका ७७ हजार ७८९ जना संक्रमण मुक्त भएका छन् भने भक्तपुरका ७ हजार ४८ र ललितपुरका ११ हजार २१४ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लामा ३३९ कोरोना संक्रमितको मृत्यु भएको छ भने भक्तपुरका ८९ जना र ललितपुरका ९६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
अहिलेसम्म काठमाडौँमा कुल ८५ हजार ७७२ जना संक्रमित भएका छन् भने भक्तपुरका ७ हजार ७२६ र ललितपुरका १२ हजार ८०४ जना संक्रमित भएका छन् । देशभर बिहीबार संक्रमित पुष्टि हुनेमा १ हजार ६ सय १४ जना रहेका छन् ।











प्रतिक्रिया दिनुहोस्