भारतीय विदेशसचिवद्वारा नेपाललाई सिसी रेम्डिसिभिर औषधि हस्तान्तरण

काठमाडौं, मंसिर ११ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेट गरेका छन्।

मन्त्री ज्ञवालीलाई भेट्न श्रृङ्गला सिंहदरवार स्थित परराष्ट्र मन्त्रालय पुगेका हुन्। भेटमा दुई देशबीचको सम्बन्धको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैबीच भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगलाले नेपालका लागि कोभिड–१९ सम्बन्धी स्वास्थ्य सहयोग हस्तान्तरण गरेका छन्।उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आज बिहीबार मन्त्रालयमा भेटी सो सहयोग हस्तान्तरण गरेका हुन्।

उनले नेपालमा रहेका कोरोना संक्रमितको उपचारका लागि भनी दुई हजार भायल ९सिसि० रेम्डिसिभिर औषधि सहायता हस्तान्तरण गरेका हुन्।त्यसका लागि मन्त्री ज्ञवालीले भारत सरकारलाई धन्यवाद दिएका छन्।

विदेशसचिव श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज बिहीबार काठमाडौं आइपुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्