नेपाल प्रहरीमा प्रवक्ताको जिम्मेवारी एसएसपी कुँवरलाई
काठमाडौँ, मंसिर ११ । नेपाल प्रहरीमा प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरलाई दिइएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयका कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्