स्वरुप फेर्दै कमल पोखरी
काठमाडौँ, ११ मंसिर । ऐतिहासिक कमल पोखरीको संरक्षणका लागि कार्य भइरहेको छ ।
काठमाडौँ महानगरपालिका (कामपा)–१ मा पर्ने पोखरी संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि त्यसको मर्मत थालिएको हो । स्थानीय तहको नेतृत्वमा कमल पोखरी स्पोर्टस् क्लवलगायत संस्थाका समन्वयमा मर्मत तथा संरक्षणका काम गरिएको छ । कामपा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले गत असार मसान्तभित्र जीर्णद्धार कार्य सक्नुपर्नेमा कोभिड–१९ को महामारीको प्रभावका कारण समयसिमाभित्र काम नसकिएको जानकारी दिनुुभयो ।
विभिन्न क्लवले केही वर्षदेखि पोखरीमा माछा पालन गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको क्लवले व्यवसायिक रुपमा माछा बिक्री गरी आउने पैसालाई आम्दानीको स्रोत बनाएको छ । स्थानीय विकास तथा सामाजिक कार्य सञ्चालन गरेको क्लवले स्थानीय तहमा विभिन्न खेलकुदको विकास गरेको छ । लकडाउनको अवधिमा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको क्लवका अध्यक्ष भिमसेन मैनालीले जानकारी दिनुुभयो । पोखरीको आसपास क्षेत्रमा बनेका ठूला भवन तथा कार्यालयले त्यसको सौन्दर्यमा कमी आएको छ । पोखरीको नाममा करीब ४० रोपनी क्षेत्रफल रहेको भएपनि विभिन्न समयमा अतिक्रमण भई अहिले १८ रोपनीमा सिमित छ । स्थानीय समाजसेवी अरुणसिंह केसीले लामो समयसम्म स्थानीय तहको निर्वाचन नभएकाले पोखरीको आवश्यक संरक्षण हुन नसकेको बताउँदै केही वर्ष अगाडि वरवपरबाट बगेर आएको ढल पोखरीमा सङ्कलन भई वरपर दुुर्गन्ध फैलिएपछि स्थानीयवासी र क्लवको समन्वयमा सरसफाइ गरी केही व्यवस्थित बनाइएको जानकारी दिनुुभयो । क्लवले हालै करीब रु दुुई लाख बराबरको माछा बिक्री गरेको थियो ।












प्रतिक्रिया दिनुहोस्