नेपाल-भारत विदेशसचिवस्तरीय बैठक सुरु हुँदै, के छ मुख्य एजेण्डा ?
काठमाडौं, मंसिर ११ । नेपाल(भारत विदेशसचिवस्तरीय बैठक सुरु हुँदै छ। द्विपक्षीय बैठकमा सहभागी हुन भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगला दरबारमार्गस्थित याक एण्ड यति होटलमा पुगिसकेका छन्।
बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्ने छन्।
बैठकमा नेपाल(भारत द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा छलफल गरिने जनाइएको छ। त्यस्तै भारतसँगको सीमा विवाद, ईपीजी प्रतिवेदन पनि बैठकको मुख्य अजेण्डा छन्।
भारतीय विदेशसचिव श्रृंगला आज बिहान काठमाडौं आइपुगेका हुन्। दुई दिने नेपाल भ्रमणको सिलसिलामा आएका उनले आजको बैठकमा सहभागी भएपछि अपरान्ह परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेट्न सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय जाने छन्।
आजै साँझ उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिस्टाचार भेट गर्ने छन्।











प्रतिक्रिया दिनुहोस्