सिभिल बैंक लिमिटेडको दशौं वार्षिकोत्सव: विभिन्न सामाजिक कार्यक्रमका साथ सम्पन्न

काठमाडौं, मंसिर १० । सिभिल बैंक लिमिटेडले आफ्नो दशौंं वार्षिकोत्स वविविध कार्यक्रम गरी मनाएको छ । नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त गरी २०६७मंसिर १० गते देखि कारोबार संचालन गर्दै आईरहेको सिभिल बैंक आज दस वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको छ ।

सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन”सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै निम्नानुसारको विविध संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी दशौंं वार्षिकोत्सव मनाएको छ ।

सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुः
– कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मादानगर्न बैंककाकोरोना संक्रमणभई निको भएकाकर्मचारीहरुवाटप्रतिवद्दता
– बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुकालागिटुंडिखेलमानिःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजना
– बैंकले मातातिर्थ स्थित रहेको मातातिर्थ बृद्धाश्रममाआश्रृत बृद्धबृद्धाहरुका लागि३ महिनालाईपुग्ने चामलसो बृद्धाश्रमकाअध्यक्षहरि खड्कालाई हस्तान्तरण

दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजितध्भ्द्यक्ष्ल्ब्च् कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुतगर्नु भएको थियो भने बैंक संचालक समितिका अध्यक्ष ई.ईच्छा राजतामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्ण ग्राहक महानुभावहरु, नियमनकारी निकाय, पत्रकार/मिडियाकर्मी मित्रहरु, शेयरधनी तथा प्रबद्र्धक मित्रहरु त्था अन्य सम्पूर्ण शुभचिन्तक महानुभावहरु प्रतिहार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्