माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच सम्झौता

काठमाडौं , मंसिर १० । माछापुच्छ्रे बैंक र नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल भेटेनरी संघका अध्यक्ष डा। सितल काजी श्रेष्ठ तथा माछापुच्छ्रे बैंकका दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख सुनिल खतिवडाले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात नेपाल भेटेनरी संघसँग सदस्यहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्