लैंगिक समानता नीति मन्त्रिपरिषद्बाट पारित हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं , मंसिर १० । आजबाट महिलाविरुद्ध हुने सम्पूर्ण हिंसाको अन्त्यको माग गर्दै १६ दिने अभियान सुरु भएको छ ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाविरुद्धका लैङ्गिक हिंसा अन्त्य गर्न राष्ट्रिय लैङ्गिक समानता नीतिको मस्यौदा मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको बताएका छन् । उनले लैङ्गिक हिंसा विरुद्धको अभियान सफलताका लागि शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।
यसैगरी तेजाब आक्रमणबाट पीडितहरुलाई उपचार, क्षतिपूर्ति र जीविकोपार्जन तथा पीडकलाई थप सजायको व्यवस्थासहितको अध्यादेश जारी गरिएको उनले स्मरण गरे । बलात्कारजस्ता गम्भीर आपराधिक घटनामा मेलमिलाप गराउनेलाई पनि कानुनी कारबाही हुने व्यबस्था गरिएको प्रधानमन्त्री ओलीले बताए ।
लैङ्गिक समानता र हिंसामा परेकाहरुको न्यायका लागि लैङ्गिक हिंसाविरुद्ध कानुनी कारबाहीका लागि घरेलु हिंसा ९कसुर र सजाय० ऐन, घरेलु हिंसा ९कसुर र सजाय० नियमावली, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार ९निवारण० ऐन, बोक्सीको आरोप ९कसुर तथा सजाय० ऐन, लैङ्गिक हिंसा निवारण कोष ९सञ्चालन० नियमावली, एकल महिला सुरक्षा कोष सञ्चालन मापदण्ड, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार ९निवारण० आचारसंहिता २०७४, मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, र मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० नियमावली, कार्यान्वयनमा रहेका छन् । मानव बेचबिखन तथा विभिन्न कारणले हिंसामा परेकाहरूको लागि विभिन्न संघसंस्थाहरूको सहयोग र समन्वयमा राहत, पुनस्स्थापना, कानुनी सहायता, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्शको व्यवस्था गरिएको उनले बताए ।
विश्वव्यापी रुपमा सन् १९९१ देखि प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा मनाउँदै आएको सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रमहरूको आयोजना गरी अभियान दिवस मनाइँदै गरेको प्रधानमन्त्री ओलीले जिकिर गरे ।
यस वर्ष संयुक्त राष्ट्र संघले लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तर्राष्ट्रिय नारा अरेन्ज द वर्ल्ड स् फन्ड, रेस्पोन्ड, प्रिभेन्ट, कलेक्ट ९सुंतला संसार स् कोष, प्रतिक्रिया, रोकथाम, संकलन० राखेको छ ।
नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता स् व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि मनाउन सुरु भएको छ । राज्यसँग उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी महिलाहरूको जीवनस्तर माथि उठाइ समृद्ध समाज निर्माण र महिलाहरूको हक अधिकार सुरक्षित गर्न सरकार अग्रसर भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।











प्रतिक्रिया दिनुहोस्