कोरोना भ्याक्सिनः सरकारले पठायो यी १० मुलुकमा कूटनीतिक नोट
काठमाडौं, मंसिर १० । सरकारले कोरोना विरुद्धको तेस्रो चरणमा रहेका भनिएक दश मुलुकमा कुटनीतिक नोट पठाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस, अष्ट्रेलियालगायत मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको हो ।
राज्यको स्रोत र सामर्थ्यका आधारमा कोरोनाबाट सिर्जित समस्या समाधान गर्न सरकारले तिब्र गतिमा काम गरिरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका छन् ।
कोरोनाबाट नेपालमा हालसम्म एक हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने दुई लाख २४ हजार ७८ जना सङ्क्रमित भइसकेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८५९ छ ।
अहिलेसम्म १२ वर्षमुनि उमेरका बच्चाका लागि खोप बनेको छैन । उक्त उमेर समूहभन्दा माथिका लागि लगाउने भनिएको भ्याक्सिनको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको छ। विश्वका विभिन्न मुलुकमा कोरोनाविरुद्ध १४० प्रकारका खोप बनाउने प्रयास भए पनि हालसम्म १० वटा मात्रै तेस्रो चरणको परीक्षणमा पुगेका हुन् ।











प्रतिक्रिया दिनुहोस्