उपत्यकामा थपिए ९४७ जना संक्रमित , ४ सय ५० आइसियु र भेन्टिलेटरमा

काठमाडौँ , मंसिर ९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार २४ घण्टामा संक्रमित पुष्टि हुनेमा ४१० र ५३७ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।देशभर मंगलबार संक्रमित पुष्टि हुनेमा १ हजार ७९० जना रहेका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ४ हजार ८५८ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् । यसैबीच देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ५० सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।मन्त्रालयको तथ्यांक अनुसार ५७ जना भेन्टिलेटरमा र ३ सय ९३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४९ जना आइसियु र ४० जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६३ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ५२ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ६ आइसियु, गण्डकी प्रदेशमा १०२ आइसियु र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ आइसियु उपचाररत रहेका छन्। यसअघि सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्