बैतडीमा यात्रुबाहक जिप दुर्घटना, ५ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं, मंसिर ९ । बैतडीमा यात्रुबाहक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्।

मंगलबार झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए।

अन्य ४ जना घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने जिपमा सवारहरु भारतमा पेन्सन बुझेर घर फर्किरहेकाहरु रहेको प्रहरीले जनाएको छ ।घाइते तथा मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । चालक फरार रहेका छन् । –फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्