बालिका हत्या प्रकरण : २२ सेल अश्रुग्यासपछि गोली चल्यो, २ जना घाइते
काठमाडौं , मंसिर ९ । बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्याको विरोधमा प्रर्दशनमा उत्रिएकाहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्यासका साथै गोलीसमेत चलाएको छ।
प्रहरीको गोली लागेर २ प्रदर्शनकारी घाइते भएका छन्। उनीहरुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। गोली चलाउनु अघिसम्म प्रहरीले स्थिति नियन्त्रणमा लिन २२ सेल अश्रुग्यास चलाएको थियो।
बालिका हत्याका आरोपमा महोत्तरीको गौशाला नगरपालिका–५ जिरो माइलका २६ वर्षीय युवक अरुणकुमार साह अहिले प्रहरी नियन्त्रणमा छन्। उनले आफ्नो पसलमा चक्लेट किन्न आएकी ती बालिकाको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।
यता बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै भएको तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिएर प्रहरीले राजमार्ग खुलाएको छ ।लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि घटनालाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको थियो ।यता बलात्कार र हत्याको आरोप लागेका अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
आक्रोशित स्थानीयले आरोपी साहको घरमा आगजनी गरेका छन् । स्थानीयले बर्दिबासमा विरोध प्रदर्शन समेत गरिरहेका छन् ।स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाएको छ । बालिकाको शव प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जनाइएको छ ।











प्रतिक्रिया दिनुहोस्