चार महिनामा ८२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,नायब सुब्बा बढी

काठमाडौं , मंसिर ९। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ३३ मुद्दामा ८२ जनाविरुद्ध २९ करोड रुपियाँभन्दा बढी रकमको माग दाबी गरेको छ । उजुरी वा रङ्गेहात नियन्त्रणमा लिएकाहरूमाथि आवश्यक अनुसन्धान पूरा गरी अदालती कारबाहीका लागि विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले विभिन्न मुद्दामा अनुसन्धानपश्चात् ८२ जनाविरुद्ध २९ करोड ३८ लाख चार हजार ८५४ रुपियाँ बिगो दाबी गरिएको बताए । आयोगले सबैभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा तीनवटा मुद्दामा १७ जनाविरुद्ध २७ करोड ५१ लाख चार हजार २९० रुपियाँ बिगो दाबी गरेको छ ।

आयोगले चार महिनाको अवधिमा ४० जना राष्ट्रसेवकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जसमा नायब सुब्बा वा सोसरहका कर्मचारी सबैभन्दा बढी १४ जना छन । यस्तै, शाखा अधिकृत, इन्जिनियर वा सोसरहका १३ जनाविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।

साउन १ देखि कात्तिक २२ गतेसम्म आयोगले अद्यावधिक गरेको तथ्याङ्कमा दसीसहित ९रङ्गेहात कारबाही०मा पर्नेमा ३९ जना राष्ट्रसेवक छन ।
यो अवधिमा रङ्गेहात कारबाहीमा पर्नेमा शाखा अधिकृत र इन्जिनियर बढी देखिएका छन ।

प्रतिक्रिया दिनुहोस्