रत्नपार्कको नाम परिवर्तन नगर्न भन्दै बुझायो ज्ञापनपत्र
काठमाडौं , मंसिर ९ । राप्रपा काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ ।
राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनसम्बन्धी ज्ञापनपत्र बुझाइएको हो ।
राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनुपर्ने पात्र नभएको सिंखडालले बताए । काठमाडौं महानगरपालिकालाई यो कार्य तत्काल सच्चाउन माग गरिएको छ ।
शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भव्य पार्क बनाउनुपर्ने राप्रपाको माग छ । ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका हुन् ।
प्रतिक्रिया दिनुहोस्