६ वर्षीया बालीका साह खातुनको हत्या

काठमाडौं, ९ मंसिर । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया बालीका गुलाब साह खातुनको हत्या भएको छ ।
आइतबार साँझदेखि वेपत्ता भएकी बालीका आज सोमबार राति घर नजिकैको खेतमा हत्या गरि फलेको अवस्थामा फेला परेका हो ।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी राजन चापागाईंका अनुसार बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा राति १ बजेतिर शव फेला परेको र बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका स्थानीयले गरेका छन् । यद्यपि प्रहरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने जनाएको छ ।

बालिकाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साह छन् ।

२५ वर्षीय साह रक्सी पिएर सोमबार राति गौशाला ५ स्थित घर गएका थिए । उनले आफ्ना परिवारका सदस्यहरुसँग बालिकाको हत्या आफूले गरेको बताएका थिए । ‘यो कुराको जानकारी पाउनासाथ हाम्रो टोलीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो,’ इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीले भने, ‘उनले हत्या गरेको स्वीकारेका छन् ।’

चकलेट किन्न गएकी बालिकालाई लुकाएर साहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बलात्कार गरेर हत्या गरेका हुन् कि होइनन् भन्ने कुराको अनुसन्धान भने भइरहेको छ ।

स्थानीयको प्रदर्शन

रातारात साहलाई बर्दिवास लिएर प्रहरी आएपछि उनले बालिकाको शव देखाएको प्रहरीको भनाइ छ ।

बालिकाको शव फेला परेपछि बर्दिवासका बासिन्दाले मंगलबार बिहानैदेखि विरोध प्रदर्शन थालेका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गराउनुका साथै बजार पनि बन्द गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्