बलात्कारका घटना मिलापत्र गराउनेलाई ३ वर्ष जेल, सरकारले ल्यायो यस्तो अध्यादेश
काठमाडौं,मंसिर ७ । सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनेहरूलाई समेत कारबाही गर्ने गरी अध्यादेश ल्याएको छ।बलात्कारसम्बन्धी कानुनलाई कडा पार्ने अध्यादेश आइतबार मन्त्रिपरिषदले पारित गरेको हो ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले राष्ट्रपति समक्ष सो अध्यादेश सिफारिस गरेको एक मन्त्रीले बताए।सरकारले यो अध्यादेश ल्याएसँगै बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरूलाई कारबाही गर्न कानुनी बाटो खुलेको छ।
यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई समेत जरिवाना हुने व्यवस्था छ।
अध्यादेशमा बलात्कारको घटना मिलापत्र गराउनेलाई ६ महिनादेखि ३ वर्ष कैद र ३० हजार जरिवाना र त्यस्तो व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुने व्यवस्था गरिएको छ ।











प्रतिक्रिया दिनुहोस्