“उपभोक्ता हकहितलाई ध्यानमा राखेर उद्योगी व्यावसायीले काम गर्नुपर्छ”: राज्यमन्त्री विक

काठमाडौं । वाणिज्य तथा आपूर्ति राज्यमन्त्री कर्ण विकले उपभोक्ता हकहित र अधिकारको लागि सहयोग गर्न उद्यमी व्यावसायीलाई आग्रह गरेका छन ।

सम्मानमा कञ्चनपुर उद्योग वाणिज्य संङ्घले आज आयोजना गरेको स्वागत कार्यक्रममा राज्यमन्त्री विकले भने “उपभोक्ता हकहितलाई ध्यानमा राखेर उद्योगी व्यावसायीले काम गर्नुपर्छ ।”

‘यहाँ बजार अनुगमनका नाउँमा व्यापारीहरुलाई आतंकित पार्न आएको होइन,’ उनले बताए “व्यापारीले पनि सरकारलाई राजश्व छलि गरेर उपभोक्तालाई मार पार्ने काम गर्नुभएन ।”

गत बिहीबार भीमदत्तनगर बजारमा रहेका केही फेन्सी पसल, खाद्य पसल अनुगमन गरेपछि शुक्रबार भने अनुगमनकै हल्लाले यहाँका केही पसल समेत बन्द रहेका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले बजार बन्द कुनै पक्षबाट नभएको बताउँदै भने ‘बिहान केही पसल बन्द भए पनि अहिले सबै खुलिसकेका छन,”

प्रतिक्रिया दिनुहोस्