विषाक्त रक्सी खाँदा ६ जनाको मृत्यु
काठमाडौँ, मंसिर ६ । विषाक्त रक्सी खाँदा ६ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशस्थित प्रयागराज जिल्लामा विषाक्त रक्सी खाएका ६ जनाको मृत्यु भएको हो ।
अन्य १५ जना गम्भीर बिरामी परेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रहरीले विषाक्त मदिरा बिक्रेता, उनका भाइ र एक सेल्सम्यानलाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्