काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए, को कहाँ ?
काठमाडौं, मंसिर ५ । नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ ।
जसअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई प्रहरी प्रमुख छन् ।
त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।











प्रतिक्रिया दिनुहोस्