धुमधामका साथ छठ मनाइंदै

काठमाडौं, ५ मंसिर । हिन्दु धर्मावलम्बी छठ र खासगरी मधेस तथा तराईमा धुमधामकासाथ मनाईने पर्व हो छड । आज छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजा गरिन्छ ।

भक्तजनह?ले तथा ब्रतालुले षष्ठीका दिन सुर्यास्तको समयमा जलासयमा स्नान गरी सूर्यलाई अर्घ दिने प्रचलन छ । यसैगरी भोलिपल्ट अर्थात्, सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गरिन्छ । त्यसैले पनि छठ पर्वलाई सूर्यको उपासना गर्ने मूख्य पर्वकारुपमा लिइन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घसहित पूजा गरेपछि रातभर नदी तथा जलासय किनारमा बसी बत्ती बाल्ने र भजनकीर्तन गर्ने परम्परा छ । यसका लागि जलासय तथा नदी किनारमा पूजा सामग्री राख्ने र ब्रत बस्नका लागि सुविधाअनुसारका छाप्रा तथा टहरा बनाएका हुन्छन् । छठको तयारीस्व?प तलाउ तथा जलासय किनारलाई विशेषरुपमा सजाइएको हुन्छ ।

अस्ताउँदो सूर्यलाई अर्घदिन देश भरका नदी, पोखरी, जलकुण्ड तलाउलाई श्रृंगारिएका घाटमा विहनैदेखि छठको पूजा सामग्री लिएर व्रतालु भक्तजनहह? भिड लागेको छ । ।

चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन बुधबार नुहाएर अरबा अरबाईन भोजन गरेका ब्रतालुह? बिहीबार दोश्रो दिन साँझ प्रसादको ?पमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना मनाएका छन् । तेश्रो दिन अर्थात मुख्य दिन शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारिएका विभिन्न पूजा सामग्रीहरु घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन शनिबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्वको विधिवत समापन भएको मानिन्छ ।

अर्घ दिनका लागि ब्रतालुह? ४८ घन्टासम्म पानीसमेत नपिइ उपबास गरी विधि अनुसार पूजापाठ गर्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवानलाई अर्घ दिन तयार गरिने परिकारह? अत्यन्तै नियम र निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वकोरुपमा पनि लिने गरिन्छ ।

त्यस्तै अजै जनकपुरको गंगासागर सागर तलाउमा छठ माताको प्रतिमूर्ति समेत स्थापना गरिएको छ ।

जनकपुरको गंगासागर, धनुसागर, अंगराजसर सागर, दशरथ तलाउ, ?कमिणी तलाउ, भुतही पोखरी, विजार सर पोखरी लगायतका तलाउ तथा पोखरीह?लाई बेहुली झँै सजाएर झकिझकाउ बनाइएको छ । यस्तै वीरगंजको घडिअर्वा पोखरीलाई पनि छठका लागि सजाइएको छ ।

यद्यपि कोरोना महामारीका कारण विगतका वर्षको तुलनामा यस वर्ष छठको रौनकमा पनि प्रभाव भने पारेको छ ।

प्रतिक्रिया दिनुहोस्