देशका विभिन्न स्थानमा छुट्टाछुट्टै दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं , मंसिर ४ । देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–८ खानिखोलास्थित सडकमा ना।६ ख ४९४७ नम्बरको ट्रकको ठक्करबाट सोही नगरपालिका–७ बस्ने रितेश तामाङको बुधबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, ईच्छाकामना गाउँपालिका–६ चेपाङडाँडास्थित सडकमा ग।७ प २०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाटोबाट करिब ५० मिटर तल त्रिशुली नदीमा खसेर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्वत कुस्मा नगरपालिका–१४ बस्ने २६ वर्षीय भेष बहादुर क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्वत कुस्मा नगरपालिका–१४ बस्ने २५ वर्षीय अनिल बिकको सोही अस्पतालमा उपचार भइरहेको छ ।रोल्पा जिल्लाको सुनिलस्मृती गाउँपालिका–८ तल्लोपानीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४६ वर्षीय कृष्ण राहु मगरको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी हुँदै थप उपचारको क्रममा बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्नको खोजी गर्ने क्रममा लु।१ ज ३०७० नम्बरको जिप चालक र सहचालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका–३ पुरुवाल पेट्रोलपम्प नजिक सडकमा ना।५ ख ८९३२ नम्बरको बसले भे।९ प १५२२ नम्बरको मोटरसाइकललाई बुधबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका–२ बलादी बस्ने २१ वर्षीया तुल्सी पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नबजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक सुर्खेत बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका–१९ भैयापुरस्थित सडकमा रोकी राखेको भे।१ त ९२५३ नम्बरको ट्याक्टरमा खेल्ने क्रममा खसेर सोही उपमहानगरपलिका(१९ भैयापुर बस्ने भिम बहादुर लिम्बुको ४ वर्षीय छोरा तेन्जिह्याङ लिम्बुको बुधबार साँझ मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्