देशभर ह्वात्तै बढ्यो चिसो : यसरी जोगाउनुस् बालबालिकालाई

काठमाडौं , मंसरि ४ । काठमाडौं उपत्यकालगायत देशभर चिसो ह्वात्तै बढेको छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । तराइमा हुस्सु लाग्नुका साथै पहाडि जिल्लामा कठ्याङ्‍ग्रीने चिसो बढेको छ ।

चिसोले बालबालिका र ब‌ृद्धबृद्धाहरूलाई बढी प्रभावित गर्ने गर्छ । मोसम परिवर्तन भएसँगै मौसमी रुघाखोकीको पनि उच्च जोखिम बढेको छ । कोरोना त्रासकाबीच मौसमी फ्लू भएमा पनि मानिस आत्तिने गर्छन् । त्यसैले यस्तो बेला विषेश ध्यान दिनु आवश्यक हुन्छ ।

चिसोमा बच्चाहरूमा रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या, निमोनिया, टन्सील, छाला फुट्ने जस्ता समस्याले सताउन सक्छ । त्यसकारण यस्ता समस्याबाट बालबालिकालाई बचाउन निम्न कुरामा ध्यान दिनुपर्छ ।

– जाडोको समयमा बाक्लो र धेरै लुगा नलगाउने । शरीरलाई न्यानो राख्ने थोरै लुका लगाउनु पर्छ । बालबालिकालाई बाक्ला र धेरै लुगा लगाउँदा पसिना आएर शरीरमा नै सुक्छ । र, बच्चालाई चिसो लाग्ने सम्भावना हुन्छ । जसले गर्दा बच्चालाई रुघा लाग्ने, चिसो हुने र निमोनियासमेत हुने जोखिम हुन्छ ।

– चिसो मौसममा बालबालिकालाई घर बाहिर, चौरमा, चौतरामा, खेल्न वा हिँडडुलमा निस्कन नदिने । घाममा राख्दा समय समयमा पानी खुवाउने ।

– राम्ररी उमालेको मनतातो पानी खुवाउने । बिहानी घाममा सुताउने । चिसो लाग्ने फलफूल र खाने कुरा नखुवाउने । चिसो समयमा फलफूललाई तातो पानीले धोएर वा तातो पानीमा डुबाएर खुवाउने । झोलिलो खानेकुरा खुवाउनुहोस्

–  जाडोको समयमा बालबालिकाको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ । ३ देखि ४ दिनको बिचमा मनतातो पानीले घाम लागेको ठाउँमा नुहाएर तौलियाले पुछेर न्यानो कपडा लगाईदिनुहोस् ।

प्रतिक्रिया दिनुहोस्