काठमाडौं उपत्यकामा थपिए ३ हजार ३९ संक्रमित, ३५६ संक्रमित आइसियु र भेन्टिलेटरमा

काठमाडौँ , मंसिर २ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३३९ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार संक्रमित १४६ जना महिला र १९३ जना पुरुषलाई संक्रमण देखिएको हो ।काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।२४ घण्टामा ३ हजार ११२ पीसीआर परीक्षण भएको छ र संक्रमित पुष्टि हुनेमा ५०२ जना रहेका छन् ।

यसैबीच देशभर ३ सय ५६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०३ जना आइसियु र २२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १६ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७८ आइसियु र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।

नेपालमा २ लाख ११ हजार ४ सय ७५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये १ लाख ७९ हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार २ सय ४७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्