हङकङको एक रेष्टुरेन्टमा आगलागी : ७ नेपालीको सनाखत, मृतक संख्या ११ पुग्यो

काठमाडौँ, मंसिर २ । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

मृतक ११ जनामध्ये सात नेपाली छन् । अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् ।

आइतबार राति ८ बजेतिर लागोको आगोमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ छन् । यस्तै ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको सहारा हङकङका अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।

बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्