हङकङको एक नेपाली रेस्टुरेन्टमा आगलागीः ७ जनाको मृत्यु, १८ घाइते

काठमाडौं , मंसिर १ । हङकङको एक रेस्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । आगलागीमा परी मृत्यु हुने अधिकांश नेपाली रहेको बताइएको छ । आइतबार राति भएको आगलागीमा १८ जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार ४ पुरुष र ३ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन् । घाइते १८ मध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् भने गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको उपचार भइरहेको छ ।

क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो । जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्