सकियो नेकपा सचिवालय बैठक , यी विषयमा भयो छलफल
काठमाडौं , कार्तिक २८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । आगामी बैठकको एजेण्डा तय गर्दै बैठक सकिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक ४० मिनटे बसेर सम्पन्न भएको छ । बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीबद्द ढंगले कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठकाअनुसार बैठकमा कर्णाली प्रदेश लगायतका सांगठानिक संरचनाभित्र देखिएको समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको छ । बैठकमा विशेषगरी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ५ जनालाई लेख्नुभएको पत्र, कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ नेताले ओलीलाई लेख्नुभएको पत्र र अन्तरपार्टी निर्देशिका केही दिन अध्ययन गर्नका लागि सचिवालय सदस्यहरुलाई बाँडिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
साथै अर्को बैठक. मंसिर ३ गते बस्ने छ ।यसअघि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरूले प्रधामन्त्री केपी शर्मा ओलीलाई भेटेर बैठक राख्न लिखित पत्र बुझाएका थिए।तर प्रधानमन्त्री ओलीले तत्कालै बैठक नराख्ने भन्दै विधान अनुसार जाने जवाफ दिएका थिए।
प्रतिक्रिया दिनुहोस्