माछापुच्छ्रे बैंकद्वार देउसी भैलो आयोजना , उत्कृष्ट प्रस्तुतीलाई ५० हजार दिइने

काठमाडौं, कात्तिक २८ । माछापुच्छ्रे बैंक लिमिटेडले तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ।

यो आयोजनाका सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देशमूलक देउसी भैलो गित भिडियोसहित बनाएर बैंकको फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ।

सरी प्राप्त भिडियोमध्ये उत्कृष्ट प्रस्तुतीलाई ५० हजार दिइने बैंकको भनाइ छ। उक्त भिडियो प्रस्तुतीको निर्णय बैंकको निर्णायक समितिले गर्नेछ।

सहभागीहरुले बढीमा ३ मिनेटसम्मको भिडियो मङ्सिर १ गतेसम्म पठाउनु पर्ने छ।

प्रतिक्रिया दिनुहोस्