जो बाइडेनलाई चीनको बधाई !
काठमाडौँ , कार्तिक २८ । चीनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई दिएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई चीनले ढिला गरी शुक्रबार बधाई दिएको हो ।
यसअघि विश्वका शक्तिराष्ट्र मानिने फ्रान्स, जर्मनी, बेलायत, जापान, दक्षिण कोरिया, इजरायललगायतका देशले बाइडेनलाई बधाई दिए पनि चीनले पनि औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको थिएन ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबारको प्रेस कन्फरेन्समा राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्