माछापुच्छ्रे् बैंकको नाफामा सामान्य गिरावट

काठमाडौं , कार्तिक २८ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे् बैंकको नाफामा सामान्य गिरावट आएको छ । यसअवधिमा बैंकको खुद नाफा ४.०१५ ले घटेर ३६ करोड ९ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष यसैअवधिमा बैंकले ३७ करोड ६० लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ५५.७३५ ले घटेर ६ करोड ६६ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३०५ ले बढेर ९५ करोड ५३ लाख ९१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने ६.२४५ ले घटेर ५२ करोड ३३ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ छ । खराब कर्जा ०.११५ ले बढेर ०.४२५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्