ललितपुरको इमाडोलमा भीषण आगलागी
काठमाडौं , कात्तिक २८ । ललितपुरमा भीषण आगलागी भएको छ । ललितपुरको बालकुमारी पुल क्रस हुनेबित्तिकै बायाँपटिट् रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो । आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको महानगरीय प्रहरी प्रभाग इमाडोलका इन्स्पेक्टर विजय तिमिल्सिनाले बताए।
आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ ।
घरहरुको बीचमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिए । राई आफै घटनास्थलमा पुगेका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।
आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेको कारण पड्किएर उछिटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।




प्रतिक्रिया दिनुहोस्