मेगा बैंकको नाफा पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि

काठमाडौँ, कार्तिक २८ । मेगा बैंकको नाफा चालु आवको पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि भएको छ ।पहिलो त्रैमासमा बैंकले ६० करोड ७९ लाख खुद नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधीको भन्दा ३८।९७ प्रतिशतले बढी हो । बैंकले गत वर्षको पहिलो त्रैमासमा ४३ करोड ७४ लाखमात्रै नाफा कमाएको थियो ।

बैंकको वितरण योग्य मुनाफा ५ करोड ५६ लाख रहेको छ । बैंकको खुद ब्याज आम्दानी बढाउँदा नाफा पनि बढेको हो । बैंकले ३ महिनामा १ अर्ब ३३ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

मेगा बैंकले निक्षेप भने झण्डै २ अर्वले बढाएको छ । १ खर्ब २७ अर्ब ८९ करोडबाट बढेर १ खर्ब २९ अर्ब ६१ करोड पुर्‍याएको छ । त्यस्तै कर्जामा पनि ७ अर्व बढाएको छ । कर्जा १ खर्ब १० अर्बबाट बढेर १ खर्ब १७ अर्ब ६९ करोड पुगेको छ ।

१३ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९९ करोड राख्न सफल भएको छ । प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४८ पैसाबाट बढेर १८ रुपैयाँ २१ पैसा पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्