महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, कार्तिक २८ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज अहिले केहिबेरमा बस्दैछ ।शीर्ष नेताहरूको विवादका कारण चार पटकसम्म स्थगित भएको बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने छ । बैठकमा महाधिवेशनको नयाँ मिति र सरकारविरूद्धको आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने नेता डा।प्रकाशशरण महतले जानकारी दिए ।

‘कोरोना महामारीले महाधिवेशन समयमा नहुने लगभग निश्चित छ आजको बैठकमा यसबारे र स्वच्छाचारी भइरहेको सरकारविरूद्ध सम्भवतः रणनीति तय हुने बताएको छ ।

सरकारले संसद अधिवेशन स्थगित गरेर स्वच्छाचारी ढंगले अघि बढिरहेका तथा महामारीमा रहेका जनतलाई राहत हुने कार्यक्रम कार्यान्वयनमा कन्जुस्याँई गरेकाले त्यसबारे पनि कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने महतले बताए ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच महाधिवेशनको मितिमा मतभेद छ ।कोरोना महामारीका कारण आगामी फागुन ७ देखि १० गतेसम्मका लागि तय भएको कांग्रेस महाधिवेशन नहुने लगभग निश्चित छ ।तर, क्रियाशिल सदस्यताको नविकरण र वितरण नहुँदा तथा नयाँ मिति नतोकिँदा कांग्रेसको स्थानीय तहका अधिवेशनहरू पनि हुन सकेका छैनन् ।

पार्टीका विभिन्न विभागमा भएका नियुक्ति, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, विदेशस्थित जनसम्पर्क समितिलगायत विषयमा शीर्ष नेताहरूबीच विवाद भएपछि चार पटकसम्म स्थगित बैठक आज हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्