सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने

काठमाण्डौ , कार्तिक २७ । सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले देशमै रासायनिक मल स्थापनाको लागि तीन जना मन्त्री रहेको समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

अर्थमन्त्री संयोजक रहने समितिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र कृषि तथा पशुपंक्षी विकासमन्त्री सदस्य रहेका छन् । समितिले नेपालमा कारखानाको सम्भाव्यता, लगानीको मोडल र कारखानासँग सम्बन्धित सबै विषयको अध्ययन गरेर रिपोर्ट पेस गर्नेछ ।

रिपोर्टका आधारमा मल कारखानाको प्रक्रिया तुरुन्तै अघि बढाउने पनि मन्त्री गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्