एमसीसी अनुमोदनका लागि परराष्ट्रको निर्देशनअनुसार काम गर्छु : युवराज खतिवडा
काठमाण्डौ , कार्तिक २७ । अमेरिकाका लागि प्रस्तावित राजदूत डाक्टर युवराज खतिवडाले अमेरिकी नियोगको सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) का सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार काम गर्ने बताएका छन् ।
सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समिति ९संयुक्त० मा डा। खतिवडाले यस्तो बताएका हुन् । उनले विगतमा आफू निर्णायक भूमिकामा रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि संसदसम्म पुगेको उल्लेख गर्दै अहिले निर्देशन पालना गर्ने तहमा भएकाले परराष्ट्रको निर्देशनअनुसार काम गर्ने बताए ।
एमसीसीका सन्दर्भमा उठेका उपयुक्त कुराहरूलाई सच्याउने र फरक बुझाइका विषयमा स्पष्ट पार्न सहजीकरण गर्ने उनले बताए । सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै खतिवडाले एमसीसीका विषयमा उठेका विषयहरुमा छलफल गर्न र थप स्पष्ट पार्न अमेरिकी सरकार तयार रहेकाले संशोधन आवश्यक रहेका विषयमा पनि कुरा राख्ने बताए ।
अमेरिकाले एमसीसी परियोजना लागू गर्न अन्य कुनै स्वार्थ नभएर नेपालको विकासको मात्रै स्वार्थ भएको स्पष्ट पारिरहेकाले नेपालमा उठेका विषयहरू त्यहाँका अधिकारी समक्ष पुर्याएर सहजीकरण गर्न सकिने उनले बताए ।















प्रतिक्रिया दिनुहोस्