काठमाडौं उपत्यकामा थपिए ९७३ कोरोना संक्रमित
काठमाडौं, कार्तिक २७ । काठमाडौं उपत्यकामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४५ पुरुष र ४२८ जना महिला संक्रमित थपिएका हुन ।
यो अवधिमा काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।योसँगै देशभर भने बिहीबार १९१३ जना संक्रमित थपिएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्