कोरोना भ्याक्सिनबारे चीनले गर्‍यो नेपालसहित चार मुलुकसँग छलफल

काठमाडौं , कार्तिक २७ । कोरोना भ्याक्सिनबारे चीनले नेपालसहित चार मुलुकसँग छलफल गरेको छ । नेपालसहित दक्षिण एसियाका चार मुलुकसँग कोभिड–१९ को खोपमा सबैको सहज पहुँच र उपलब्धता लगायतका विषयमा भिडियोमार्फत छलफल आयोजना गरेको छ ।

दुई दिनअघि आयोजना भएको सो उपविदेशमन्त्री स्तरीय वैठकको विषयमा चीनले बिहीबार मात्र जानकारी दिएको हो । सो कार्यक्रम चीन, नेपाल, पाकिस्तान, बंगलादेशका प्रतिनिधिहरु उपस्थित थिए । नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल सहभागी थिए ।

सो वैठकमा र्‍यापिड टेस्टिङका उपकरण, भेन्टिलेटरलगायतका अन्य उपचार र औषधीहरुको बारेमा छलफल भएको थियो ।त्यसैगरी कम विकसित देशहरुका लागि कोभिड–१८ को भ्याक्सिन सहज पहुँच र उपलब्धताको विषयमा विस्तृतमा कुराकानी भएको थियो ।

त्यस्तै कोभिड–१९ को नियन्त्रण, सिमापार ट्रान्समिसन लगायतका विभिन्न विषयमा छलफल भएको थियो ।कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र ऋणका विषयमा समेत वृहत छलफल भएको चीनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्